Monday, April 13, 2009

म एउटा सस्तो ब्यापारी

Lil (chhora) Thanks for your poem.

म एउटा यस्तो ब्यापारी
मेरो जोवन
मेरो योअवन मैले बेचे
सधैंलाई बेचिन केही क्षणलाई त हो नि
त्यो पनि आनन्दसाथ
ग्राहकले किन्यो
तर
बोकेर लगेन ,चाखर गयो ।
म जनवर भाईन
कुनै माल्ताल भाईन
जस्लाई लगेर बाधेर राखोस्
कोठामा थुनेर राखोस्
म बाधीए - अङ्गलोमा
म थुनिए -योउन्भूत नझरेसम्मा
त्यो पनि बन्द कोठामा ।
म सस्तो ब्यापारी भए
मैले आँफैलाई बेचे
कहिले रात-रातभरलाई बेचे
त अहिले एक सतलाई
हो, यो शब्द पनि यही सिके
सिक्न त म सत्कर्मा चाहेन्थ्ये
तर
परिस्थितीले बाध्यतामा पर्‍यो
सैयोउ भुस्तिघ्रेको लच्छराइ / लुछाइ अनी तोकाइ
सब आनन्दसँग सहन सके ।
मेरो जोवन
मेरो योउवन मैले बेचे ......................
ए !
मलाई सोध्नु भ को हो ?
मैले मलाई बेचिन
खाली योउवनलाई बेचेकी
केही रहरमा केही बाध्यतामा
आफ्नै शरीर त हो
ग्राहक हेरिहेरी मोलगर्छु
के मैले भुल गरे र ?
मलाई पनि त बच्चन छ
पती छैनन, छोराछोरी छन
शहरमा कुनै काम पाइन
अ,
मैले कसैको छोरिन
कसैको मागिन आफुसँग
भएको चिजमात्रै त बेचेकी
त्यो पनि सस्तोमा
खाली एउटा बाच्ने बहानामा ।
तपाईं मलाई बेश्या भन्नुहुन्छ ?
जरुर म शरीर बेच्छु
योउवन बेच्छु
बेचेर म ब्यापारी भए
बेश्य भइन
म एउटा सस्तो ब्यापारी भए ।
समाप्त ।।
लील बहादुर राइ

1 comment:

  1. बेच्ने र बेचिनु का पनि आफ्नै आफ्नै कथा अनी बाध्त्यता हुन्छन । जे होस् सस्तोमा बेचेपनी तपाईं त ब्यपारी नै त हो त्यसैले बेचेपछी फाईदा वा घाटा कती भो कुन्नी त्यो पनि अर्को कबिता मा आओस न है लीला जि ....

    ReplyDelete