Tuesday, April 21, 2009

कबिता

के दिउ अब ?


कोशेली तिमीलाई के दिउ अब
मसँग बाँकी यही मुटु थियो
त्यो पनि आज खरानी भा छ ।

पहिलो भेटमा नजर दिए ,
नजरपछी मुस्कान
यसरी सारा संसार दिए
सातोमा तिमीले वेदना दियोउ

के छ र अब तिमीलाई दिनु
रहेको बाँकी दुई थोपा आशु
पुग्दैन भने त्यो पनि माग
कोशेली तिमीलाई के दिउ अब ?

मेरो मनमा तिम्रो माया
कति थियो कती
सकिनछु पुर्याउनलाई
तिमीले खोजे जती

माझ्धारमा छोडि गयोउ
सम्पत्तिलाई तानी
के छ र अब तिमीलाई दिनु
रहेको बाँकी म जिउदो लास
पुग्दैन भने त्योपनी माग
कोशेली तिमीलाई के दिउ अब ??
रस्मिन "उदासी "

4 comments:

  1. आफूलाइ रित्याएर
    दिनु मात्र प्रेम हैन ।
    लिनुदिनु बराबर हो
    दिने मात्र कोही छैन ।

    ReplyDelete
  2. wrong theme but the cute presentation...

    ReplyDelete
  3. यि शब्द हरुमा निकै यथर्थ छ वास्तवमा मान्छे स्वार्थी हुनाले नै कोही उदासी बन्नु परिरहेको छ त कतै धेरै मनहरु प्यासी पनि । कतै मन हरु निर्खाइरहेका बेला कतै मन हरु तड्पिरहेका हुन्छन यिनै तड्पाइ र भोगाइ नै वास्तव मा जिन्दगी चलेको पो पाए मैले त के थाहा यि भगवान भन्ने पनि त सबैको लागि दाहिने नहुदो रहेछन नि त ????

    जे होस् रस्मिन जि जती पढ्यो उती पढ्न मन लाग्ने शब्द सम्योजन भित्र को मार्मिक अर्थ ले गाथेको यो कबिता राम्रो मात्रा नभएर अती राम्रो छ आशा गरौ हजुरका कलमहरु अझै अगाडि बढुन ।
    प्रदिप
    क्षितिज पारी बाट

    ReplyDelete
  4. Thank you Pradip G. For your visit and nice comment.

    ReplyDelete